२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

एनएमबी बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते २०:५९
एनएमबी बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं : एनएमबी बैंकले नेपाल प्रहरीलाई विपद् उद्धार सामग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेट र अन्य विपद् उद्धार सामग्री नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । 

मंगलबार काठमाडौंको रानीपोखरीमा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच बैंकले ती सामग्री हस्तान्तरण गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । 

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise