२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

भारतीय माझी श्रीलङ्काबाट पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते १४:४८
भारतीय माझी श्रीलङ्काबाट पक्राउ

काठमाडौंः श्रीलङ्काली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरूलाई पक्राउ गरेको छ । माछा मार्न गएका माझीमध्ये चारजनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरिएको थियो भने मङ्गलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो ।

तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ । सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलङ्काली नौसेनाले डुङ्गामा माछा मार्न गएका १० माझीहरूलाई पम्बनबाट पक्राउ गरेको जनाएको छ ।  

श्रीलङ्काली नौसेनाले रामनाथपुरम जिल्लाबाट एकै दिनमा १४ माझीलाई पक्राउ गरेको घटनाले माझिहरुबीच अशान्ति निम्त्याएको जनाइएको छ । यसअघि जुलाई २९ मा रामेश्वरमका पाँच माझीलाई श्रीलङ्काली सेनाले माछा मार्दा अन्तर्राष्ट्रिय समुद्री सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो ।

मछुवा सङ्घका सचिव एनजे बोसका अनुसार श्रीलङ्काली नौसेनाले बारम्बार पक्राउ गर्ने डरका बाबजुद पनि मछ्वाहरू समुद्रमा गएको जनाए । उनीहरूले मन्नारको खाडीमा धनुषकोडी र थलाइमन्नारको बीचको पानीमा माछा मारिरहेको अवस्थामा श्रीलङ्काली नौसेनाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएका छन् । 

सेनाले जस्टिन नाम गरेका स्थानीय माझीको यान्त्रिक डुङ्गा जफत गरी डुङ्गामा रहेका पाँच माझीहरूलाई हिरासतमा लिइएको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरू थाङ्गाचिमडमका जस्टिन, मोबिन, रामेश्वरमका साइमन  पम्बनका डेनिसन र शेखर सबै रामेश्वरम क्षेत्रका बासिन्दा हुन् । बोसले उनीहरूलाई सोधपुछका लागि मन्नार नौसेना शिविरमा लगिएको दावी गरेको छ । एजेन्सी

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise