२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

‘नाइमा अटो सो’को शुभारम्भ, नयाँ ब्रान्ड लन्चदेखि आकर्षण छुटको अफर

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते २०:५७
‘नाइमा अटो सो’को शुभारम्भ, नयाँ ब्रान्ड लन्चदेखि आकर्षण छुटको अफर

काठमाडौं : नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) स्थापनाको छोटो समयमा आयोजना गरेकोे ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ शुभारम्भ भव्य बनाएको छ । नाइमाले पहिलोपटक आयोजना गरेको एक्स्पोको भव्य उद्घाटनदेखि स्टलको सजावटसमेत आकर्षण बनाइएको छ । एक्स्पोका लागि एक मात्र प्रदशर्नीस्थल भृकुटीमण्डप सुरु भएको अटो सोले बजारमा चहलपहल बढेको छनक देखाएको छ । 

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अटो सो भित्रिएको नयाँ ब्रान्डका सवारीसाधनले अटो बजारलाई चलायमान गराउने बताइन् । उनले भनिन्, ‘नेपालीहरूको चाडपर्व नजिकिँदै गर्दा नाइमा अटो सो गाडी छनोट र बुकिङ गर्ने अवसर हो । अटोमोबाइल्स व्यवसायीका लागि मुख्य सिजनका रूपमा अफर आइरहँदा सोकै रौनक बढेको छ । यो गाडी बेच्ने र किन्ने दुवैका लागि सुनौलो अवसर हो ।’ 

नाइमा एक्स्पो उद्घाटन कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पो गर्दा विभिन्न खाले हैरानी बेहोर्नुपरेको भन्दै सरकारले चालु आवको बजेटले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउने बताए । उनले भृकुटीमण्डपमा रहेका सबै संरचना हटाएर तीन वर्षभित्र आधुनिक र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल आकर्षक प्रदर्शनीस्थल बनाउने प्रतिबद्धता व्यक्त गरे । 

बुधबारबाट सुरु भएको नाइमा एक्स्पोमा २१ वटा चारपांग्रे, १८ वटा दुईपांग्रे र नौवटा कमर्सियल सवारी साधन ब्रान्ड सहभागी भएका छन् । बुधबार नै ३५ वटा नयाँ सवारी साधन लन्च गरेर नाइमा अटो सोले रौनक बढाएको छ । नाइमामा नयाँनयाँ मोडलका इलेक्ट्रिक सवारीसाधन लन्च गरिरहँदा अटो सो नै विद्युतीय सवारी (इभी)मय बनेको छ । 

नाइमा अटो सोमा कार ब्रान्डमा हुन्डाई, किया, केई, लिपमोटर, एलइभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर बीवाइडी सिट्रोन रहेका छन् ।

यस्तै, दुईपांग्रे सवारी ब्रान्डमा बजाज, टिभिएस, एम्पियर, एथर, बेनेली, केटिएम, महिन्द्रा, एनआइयू, रिभोल्ट, रोयल इनफिल्ड, सुजुकी, अल्ट्राभोइलेटलगायत छन् । 

यस्तै, कमर्सियल ब्रान्डमा चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ प्रर्दशनीमा राखेका छन् । नाइमा सकिएलगत्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२५’ हुँदै छ । त्यसैले पनि प्रमुख प्रतिस्पर्धी ब्रान्डबीच नै मूल्यदेखि छुटसम्मको प्रतिपस्र्धा देखिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise