२०८२ कार्तिक ६ गते बिहिवार / Oct 23 , 2025 , Thursday
२०८२ कार्तिक ६ गते बिहिवार
Ads

गोगोरो स्कुटर अब झनै मूल्यवान

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते २१:०२
गोगोरो स्कुटर अब झनै मूल्यवान

काठमाडौं : नेबुला इनर्जीले नेपालमै पहिलोपटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्रान्डको दीर्घकालीन प्रतिबद्धतासहित कम्पनीले सो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेलाई ढुक्क बनाउनेगरी पाँच वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी गर्ने जनाइएको छ ।

‘गोगोरो नेपालको यातायातको भविष्य हो,’ नेबुला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, ‘हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं, आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदै छौं ।’

ADV

सम्बन्धित खबर

Advertise