२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

सुनको मूल्य स्थिर

Nada
२०८२ साउन २२ गते ११:०६
Shares
सुनको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी बढेर २ हजार ३०५  रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित खबर