२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

एनआइसी एशिया लघुवित्तद्वारा तीन स्थानमा निशुल्क स्वास्थ्य शिविर

shivam cement
मध्यान्ह
२०८२ साउन २२ गते २२:२८
एनआइसी एशिया लघुवित्तद्वारा तीन स्थानमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं : एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरु बराहक्षेत्रले १६ गते, गौरादहले १७ गते र धरानले २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । बराहक्षेत्रको स्थानीय सिंहदेवि विद्यालयमा सञ्चालित शिविरमा ३२ जनाकोे स्वास्थ्य जाँच हुँदा ११ जनाको उपचार गरिएको थियो भने धरानको शिक्षा निकेतन विद्यालयमा ३६ जनाको जाँच तथा १२ जनाको उपचार भएको थियो ।

त्यसैगरी गौरादहको मदन आश्रित स्मृति भवनमा २९ जनाको जाँच तथा ११ जनाको उपचार भयो । शिविरमा पाइल्स, फिसर र फिस्टुला सँग सम्बन्धित जाँच तथा उपचार गरिएको हो । बनेपामा कर्पोरेट कार्यालय भइ देशैभर २८७ शाखा सञ्जाल सञ्चालनमा रहेको संस्थाले बेला बेलामा वित्तिय साक्षरता, स्वास्थ्य सचेतना, सिपमुलक तालिम दिने लगायतका कार्यक्रम चलाउँदै आएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise