काठमाडौंः विश्वले २०२५ मा इतिहासकै तेस्रो सबैभन्दा गर्मी जुलाइ महिना भोगेको छ । जुलाई २०२५ मा विश्वव्यापी औसत सतह वायु तापक्रम १६.६८ डिग्री सेल्सियस थियो । यो जुलाई २०२३ भन्दा ०.२७ डिग्री सेल्सियस चिसो थियो ।
यो १८५०–१९०० को अनुमानित पूर्व–औद्योगिक स्तर भन्दा १.२५ डिग्री सेल्सियस माथि रह्यो । युरोपमा, गत महिना औसत जमिनको तापक्रम २१.१२ डिग्री सेल्सियस पुग्यो । युरोपभन्दा बाहिर उत्तरी अमेरिका, दक्षिण अमेरिका, भारत, अष्ट्रेलियाको अधिकांश भाग र अफ्रिका र अन्टार्कटिकाको केही क्षेत्रहरूमा औसतभन्दा कम तापक्रम रेकर्ड गरिएको थियो ।