२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

अहिले विद्युतीय गाडीहरूको क्षमतामाथि प्रश्न उठेको छ, हामीसँग जाँच्न मेसिन छैन : महानिर्देशक भट्टराई

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते १४:१२
अहिले विद्युतीय गाडीहरूको क्षमतामाथि प्रश्न उठेको छ, हामीसँग जाँच्न मेसिन छैन : महानिर्देशक भट्टराई

काठमाडौं : भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् ।

शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धिको छलफलमा भट्टराईले इभी गाडीहरूको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताए ।

उनका अनुसार यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भएपनि अवश्यक मेसिनहरू नहुँदा प्रभावकारी हुन सकिरहेको छैन । उनका अनुसार अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी छ । 

विभागका महानिर्देशक भट्टराईले भने, ‘भन्सार विभागको २० अर्ब भन्दा बढी देखिएको छ । बेरुजुका पछाडि विद्युतीय सवारी साधान (इभी) मा सरकारले लिएको प्रवर्धनात्मक नीतिहरू पनि देखिएका छन् भने नेपालमै एसेम्बल गर्ने गाडीमा भन्सार सुविधा दिनेबारे प्रश्न उठेको छ । अहिले विद्युतीय गाडीहरूको मोटरको क्षमतामाथि पनि प्रश्न उठेको छ । महालेखाले प्रश्न समेत उठाएको छ । हामीसँग जाँच्ने उपकरण छैन । कार्यक्षेत्रले पनि यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिएको छ ।’ 

महानिर्देशक भट्टराईले बेरुजुका पछाडि सुर्तीदेखि ग्यास बुलेटको ढुवानीसम्म जोडिएका छन् । विभागले बेरुजु फर्छ्यौटलाई कार्ययोजना बनाएर प्रभावकारी रुपमा काम गरिरहेको उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise