२०८२ कार्तिक ६ गते बिहिवार / Oct 23 , 2025 , Thursday
२०८२ कार्तिक ६ गते बिहिवार
Ads

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

shivam cement
मध्यान्ह
२०८२ साउन २५ गते ०९:१२
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्न प्रकार छन् । 

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु १००, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ११०, काउली तराई प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०,  सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ९५ र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ । 

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ६५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६५, सलगम प्रतिकिलो रु ९० र भिण्डी प्रतिकिलो रु ६५ कायम गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise