२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

युद्धले गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त

shivam cement
मध्यान्ह
२०८२ साउन २६ गते ११:२३
युद्धले गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त

काठमाडौंः गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त भएको छ । यसले निराशाजनक अवस्था सिर्जना गरेको छ । मानिसहरूले डिलरहरूलाई ठूलो शुल्क तिरेर मात्रै आफ्नो पैसा निकाल्न पाउँछन् । 

अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दीमा छ । जसमा नगदमा समस्या आएको छ । नगद बिना केही कुरा पनि किन्न मिल्दैन । औपचारिक बैंकिङको अभावमा गाजावासीहरू आफ्नो पारीश्रमीक प्राप्त गर्न इजाजतपत्र नभएका मुद्रा परिवर्तकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य छन् । 

जुनको मध्यमा संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले ९५ प्रतिशतभन्दा बढी घरपरिवारले गम्भीर आर्थिक कठिनाइ भोगिरहेको देखाएको छ । व्यापक नगद अभावले खाद्यान्न खरिद गर्न लगभग असम्भव बनाएको देखाएको छ । नगद पाउनेहरूले अर्को समस्याको सामना गरिरहेका छन् किनभने विक्रेताहरूले जीर्ण नोटहरू स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । विक्रेताहरू र व्यापारीहरूले अब नयाँ मुद्रा नोटहरू मात्र स्वीकार गर्छन् । एजेन्सी 

ADV

सम्बन्धित खबर

Advertise