काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकलाई सिजी कम्युनिकेसनको इन्टरनेट सेवामा इन्टरनेट विशेष छुट हुने भएको छ । बैंक र सिजी कम्युनिकेसनबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले सिजी नेटको सेवामा छुट पाउने भएका हुन् ।
सो समझदारीसँगै बैंकका ग्राहकले पहिलोपटक सिजी इन्टरनेट र आइपिटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५ सय र संस्थागत प्रयोगमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् ।
ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५ सय छुट प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, इन्टरनेटसँगै आइपिटिभीको सेवा लिने नयाँ ग्राहकहरूले पनि सो रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहेका ग्राहकले सो सेवा नवीकरण गर्दा पनि वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्ने जनाइएको छ ।