काठमाडौं : ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक भएको छ । ग्लोकल टिन हिरो २०२५ को आयोजक ग्लोकल प्रालिले ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको हो ।
यस वर्षको छनोट नेपालभरका युवाहरूको प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकमध्येबाट गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार किशोरकिशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरू माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो ११औं संस्करण हो ।
यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरूलाई पुरस्कृत गरिने जनाइएको छ । साथै, सोही दिन ग्लोकल टिन हिरो नेपाल विजेताको नाम पनि घोषणा गरिनेछ ।
ग्लोकल टिन हिरो २०२५ को ११औं संस्करणका लागि १३ देखि १९ वर्षका किशोरकिशोरीहरूका लागि खुला गरिएको थियो । जुलाई ३०, २०२५ सम्म आवेदन दिने अन्तिम म्यादसम्म परेका ७ सय ८६ जनामध्ये निर्णायकले उत्कृष्ट २० जनाको नाम छनोट गरेको हो ।