काठमाडौं : मन्जुश्री फाइनान्स लिमिटेडको नाफामा वृद्धि भएको छ । प्रकाशित गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार फाइनान्सले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ९७ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षमा फाइनान्सले २२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा फाइनान्सको खुद नाफा बढेको हो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६ दशमलव ५१ प्रतिशतले बढेको हो । साथै, फाइनान्सको सञ्चालन मुनाफा ४८ दशमलव ५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा फाइनान्सको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सको निक्षेप २५ दशमलव ८९ प्रतिशतले वृद्धि भई २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९ दशमलव ६५ प्रतिशतले वृद्धि भई १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मन्जुश्रीको रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३ दशमलव २२ प्रतिशतबाट घटेर ३ दशमलव ११ प्रतिशत पुगेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १ सय ८० रुपैयाँ ८५ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६ दशमलव ७९ गुणा छ ।