काठमाडौं : पानी परेर बिग्रिएका मोबाइललाई मर्मत गर्न सामसुङ नेपालले ‘सामसुङ मनसुन क्याम्प’ सुरु गरेको छ । ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले कम्पनीले सो अफर ल्याएको हो ।
कम्पनीका अनुसार यो सेवा अगस्ट २४ गतेसम्म सञ्चालन हुनेछ । जसअन्तर्गत सामसुङ प्रयोगकर्ताले वारेन्टी भए÷नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् ।
चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुने, श्रम शुल्क र थप पाट्र्सको लागत ग्राहकले आफैंले बेहोर्नुपर्ने कम्पनीले जनाएको छ । सो सेवा सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।