२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

एनआइसी एसियाका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्टमा छुट

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते २१:४४
एनआइसी एसियाका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्टमा छुट

काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा विशेष छुट उपलब्ध हुने भएको छ । बैंक र माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टबीच बैंकका ग्राहकलाई रिसोर्ट र स्पाको सेवामा छुट दिने सहमति भएको हो । 

द्विपक्षीय समझदारीसँगै सो बैंकका ग्राहकले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले सो रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा सो छुट सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

सो सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेहुन्छ । द्विपक्षीय सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवा प्रवर्धनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise