२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सुनिपिपलचौर माविमा खानेपानी फिल्टर सहयोग

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते २१:४५
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सुनिपिपलचौर माविमा खानेपानी फिल्टर सहयोग

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बझाङ शाखाले खानेपानी फिल्टर सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रमबीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले चारथान खानेपानी फिल्टर सहयोग गरिएको हो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बझाङ शाखाका प्रमुख प्रविन्द्र धामीले सामुदायिक विकासमा निजी क्षेत्रको पनि जिम्मेवारी हुने बताए । उनले भने, ‘हामी सधैं बिमासँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिन्छौं । बालबालिकाहरू स्वस्थ रहन स्वच्छ पानी अत्यावश्यक भएकाले यो सहयोग गरेका हौं ।’

सुनिपिपलचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले इन्स्योरेन्स कम्पनीप्रति आभार व्यक्त गरे । उनले भने, ‘विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको अवस्थामा प्राप्त सहयोग निकै उपयोगी हुनेछ । यसले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ । यसअघि स्वच्छ खानेपानी अभावले विद्यार्थीहरूमा समस्या देखिने गरेको थियो ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्रबहादुर सिंहले यस्तो सहयोगले विद्यालयको भौतिक विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रबाट प्राप्त सहयोगले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउँछ । हामीले आगामी दिनमा पनि यस्तो सहकार्यको अपेक्षा गरेका छौं ।’

ADV

सम्बन्धित खबर

Advertise