२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

स्पेनमा डढेलो फैलियो

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते ११:३०
स्पेनमा डढेलो फैलियो

काठमाडौंः उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ । जसकारण सयौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन् ।

शनिबार दिउँसोबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो पुगेको छ । अर्को डढेलोले जामोरा प्रान्तमा लगभग ८५० जनालाई खाली गर्न बाध्य पारेको छ । कास्टिला वाई लियोनले सप्ताहन्तमा विभिन्न आकारका ३० भन्दा बढी डढेलो रेकर्ड गरेको छ ।

स्पेनले १९७५ मा रेकर्ड सुरु भएदेखि नै सबैभन्दा लामो र सबैभन्दा तिब्र गर्मीको लहर सहिरहेको छ । यस क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ । उत्तरी क्षेत्र नाभारा र दक्षिणपश्चिमी प्रान्त हुएल्भामा पनि आगलागीका घटनाहरू रिपोर्ट गरिएका छन् । युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार २०२५ मा अहिलेसम्म स्पेनमा ४६ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ ।  

ADV

सम्बन्धित खबर

Advertise