२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

ब्राजिलको एक कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते १८:०५
ब्राजिलको एक कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु

काठमाडौंः ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु भएको जनाएका छन् ।

अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको  विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताएका छन् । ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् । 

सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताए।

भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । एजेन्सी 

ADV

सम्बन्धित खबर

Advertise