२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

नबिल र ग्लोबलको नाफा बढ्यो

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते २१:०६
नबिल र ग्लोबलको नाफा बढ्यो

काठमाडौं : गत आर्थिक वर्ष (आव) २०८१/८२ प्रतिस्पर्धी रूपमा रहेका दुई ठूला वाणिज्य बैंक नबिल र ग्लोबल आइएमईले आफ्नो नाफामा वृद्धि गरेका छन् । ग्लोबल आईएमईले गत आवमा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ र नबिलले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

ग्लोबल आइएमईको नाफा अघिल्लो आव २०८०/८१ को तुलनामा १.१० प्रतिशतले बढी हो भने नबिलको नाफा १५.०१ प्रतिशतले बढी हो । अघिल्लो आवमा ग्लोबलले आईएमईले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ र नबिलले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

त्यस्तै, गत आवमा नबिलको नाफासँगै प्रतिसेयर आम्दानी २६.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५५ गुणा, वितरणयोग्य नाफा ५४.८७ प्रतिशत बढेर ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ र खराब कर्जा ४.२७ प्रतिशत रहेको छ ।

गत आवमा ग्लोबल आइएमईको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २८ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा, मूल्य आम्दानी अनुपात १५.९५ गुणा, वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ र बैंकको खराब कर्जा ४.८७ प्रतिशत पुगेको छ ।

ADV

सम्बन्धित खबर

Advertise