काठमाडौं : नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत १ हजार १ सय जना उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी कोषमा आबद्ध भएका हुन् ।
कोषको सो योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यस अन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । कोषको व्यवस्थाअनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएका हुन् ।