काठमाडौं : अफगानिस्तानको पन्जशीर प्रान्तमा तालिबान र विपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएका छन् ।
भिडन्तका क्रममा एक युवकलाई तालीबानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड बेचेको आरोपमा एक पसल सञ्चालकको गोली हानी हत्या गरेको हो ।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पन्जशीर प्रान्त पनि कब्जामा लिने क्रममा कम्तीमा पनि २० जना सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पन्जशीर उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले यसबारे थप विवरण भने सार्वजनिक भएको छैन । तालिबानले काबुलसहित देशका अन्य प्रान्त कब्जा गरे पनि पन्जशीर अझै पूर्ण रुपमा तालिवानको कब्जामा आउन सकेको छैन ।
दशकौंदेखि अफगानिस्तानको प्रतिरोधको केन्द्रको रुपमा रहेको पन्जशीर प्रान्तको नेतृत्व विपक्षी कमाण्डर अहमद साह मसदुले सम्हालेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies