सुमन महतारा/मध्यान्ह
गुल्मी : नेकपा एमाले गुल्मीले जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा बुधबार नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीको प्रमुख आथित्यता र सचिव गोकर्ण बिष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा नेकपा एमालेका प्रबक्ता एवं गुल्मी क्षेत्र न. १ का सांसद ज्ञवालीले आफूहरुको पार्टी नेकपा एमालेले आफ्नै शक्तिमा विश्वास गर्ने बताए । उनले सरकार परिवर्तन संसदीय व्यबस्थापनमा भइरनको बताउँदै सदनमा अबिश्वासको प्रस्ताव ल्याइ संसदको भोटबाट केपी ओली प्रधानमन्त्रीबाट हटेको नभइ अदालतको आदेशबाट हटाइएकाले अहिलेको अवस्था आएको जिकिर गरे ।
नेकपा एमालेकै सचिव एवं गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले नेकपाको अस्तित्व गएको फागुन २३ गते अदालतको फैसालाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टीको रुपमा फैसला गरी एमाले पुनः स्थापित भएको उल्लेख गर्दै पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा यस घटनाको समिक्षा गर्ने बताए ।
पछिल्लो समय पार्टीभित्र एकता सन्तुलन गरेर पार्टीलाई एकता गर्ने एउटा प्रचार चलेको र दुई अध्यक्ष बनाएर अघि बढ्न सकिन्छ कि भन्ने प्रयत्नले अघि बढेको पनि बताए । कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies