काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा एक लाख ९६ हजार तीन सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज १५ रुपैयाँले घटेर तोलामा दुई हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा कायम भएको थियो ।