काठमाडौंः आधिकारिक तथ्याङ्कले अगस्ट १० सम्मको हप्तामा जापानभरका सुपरमार्केटहरूमा चामलको औसत खुद्रा मूल्य प्रति ५ किलोग्राम ३ हजार ७ सय ३७ येन (लगभग २५.२६ अमेरिकी डलर) पुगेको छ ।
कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार यो तथ्याङ्क अघिल्लो हप्ताको तुलनामा १९५ येनले बढेको हो । मन्त्रालयले यो वृद्धिले यस वर्षको नयाँ चामल बालीको विक्रीको सुरुवातलाई प्रतिविम्वित गर्नसक्ने बताएको छ । जुन सामान्यतया भण्डारण गरिएको चामलभन्दा महँगो हुन्छ ।
देशभरका लगभग १ हजार सुपरमार्केटहरूमा गरिएको साप्ताहिक सर्वेक्षणको आधारमा तथ्याङ्कले एकल उत्पादन क्षेत्र र विविधताद्वारा बेचिने ब्राण्डेड चामलको औसत प्रति ५ किलोग्राम ४,२३९ येन रहेको देखाएको छ । जुन अघिल्लो हप्ताको तुलनामा ३७ येनले बढी हो । भण्डारण गरिएका प्रजातिहरूसहित मिश्रित चामलको औसत ३ हजार १ सय ९० येन रहेको छ ।