२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

श्रमाधान रोजगार मेला बुटवलमा

ADV
२०८१ जेठ २४ गते ०६:४५
श्रमाधान रोजगार मेला बुटवलमा

बुटवल : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम बजारमा आएका युवाले स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने बाध्यताको समाधान गरिने बताएका छन् । लुम्बिनी प्रदेशको बुटवलमा बुधबारदेखि आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकआपसमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताए ।

श्रम मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ (सिएनआई)ले संयुक्तरूपमा लुम्बिनी प्रदेशमा बुधबारदेखि मेलाको शुरुवात गरेका हुन् । 

मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न मेलालाई भरपूररुपमा प्रयोग गर्न पनि आग्रह गरे  । 

त्यस्तै लुम्बिनी प्रदेश आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए । मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने उनले बताए । 

मेलालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमै रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकालाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरू समम्स्या परेको बताए ।

मेला बिहीबारसम्म चल्नेछ । मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । जेठ १७ गते कोशी प्रदेशबाट शुरू भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise