२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

मोहर्रम पर्वको रौनक

Nada
महमद सदाब
२०८१ साउन २ गते २२:५०
Shares
मोहर्रम पर्वको रौनक

कपिलवस्तु : मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम पर्व धुमधामका साथ मनाइएको छ । 

ncell

हसन र हुसैनको निधन पश्चात उनीहरुको शोकमा सिया, बरेलवी र अन्य मुस्लिम समुदायका मानिसहरुले यो पर्व मनाउने गर्दछन् ।

यो पर्वमा मुस्लिमहरुले ताजिया निर्माण गरी मनाउने गर्दछन् । यस पर्वमा मनोकामना पूरा हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गर्दछन् । यस दिन व्रत बसेर नमज पढेर हसन र हुसैनको हकमा दोवा गर्ने गर्दछन् ।  

हजरत इमाम हुसैन इस्लामका पैगम्बर महमद साहेबका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिएका थिए । यिनै शहीदहरूको सम्झनामा ताजिया निस्कने गर्दछ । ताजियालाई शहीदहरूको प्रतीक मानिन्छ ।

ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ ।

मोहर्रमको १० औँ दिन आशुराको दिन र हुसैनको बहादुरी र बलिदानको सम्झनाको दिन पनि हो । हिन्दू तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व १० दिनको भएपनि मुख्य रूपमा चार दिन मनाइन्छ । यो १० दिनलाई गमीको दिन पनि भनिन्छ ।

यो १० दिन मुस्लिमहरुले कुनै कार्य गर्दैनन् । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगेर विर्सजन गरेपछि मेलाको समापन हुनेछ ।

हसन तथा हुसैनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रंगीचंगी कागज बेरी ताजिया बनाइ त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाइ, झर्रा खेल्दै मध्यान्ह भएपछि यो पर्व समापन हुन्छ ।

ताजा खबर

सम्बन्धित खबर