२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता, आन्दोलनमा जलेको घरको निरीक्षण

shivam cement
२०८२ कार्तिक २० गते १३:२५
Shares
गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता, आन्दोलनमा जलेको घरको निरीक्षण

काठमाडौं : अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर गृहमन्त्री अर्यालले निरीक्षणका साथै भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीबार बिहान निरीक्षण गरेका हुन् ।

साथै भेटका क्रममा उनीहरूबीच पछिल्लो राजनीतिक, समसामयिक विषयहरु र आगामी निर्वाचनबारे छलफल भएको छ । यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर