
काठमाडौं : नेपाली कांग्रेसले हिमपहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले बिहीबार एक विज्ञप्ति जारी गरी हिमपहिरोमा परेर उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र वेपत्ता भएकाको तत्काल खोजी गर्न माग गरेका हुन् ।
कांग्रेसले प्रतिकूल मौसमका कारण हालै नेपालका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी निधन भएका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै, घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रबन्ध गर्न कांग्रेसले सरकारलाई अनुरोध गरेको छ ।