काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा स्वास्थ्य उपचार सेवामा छुट प्राप्त गर्नेछन् । कैलाली हस्पिटल र बैंकबीच सम्झौता भएको सम्झौताले बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
हस्पिटलसँगको सहकार्यले सो क्षेत्रमा यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।