२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

shivam cement
२०८२ भदौ ६ गते १७:२२
Shares
पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

काठमाडौंः पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनाएको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने कश्मीरमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

आकस्मिक बाढी र भारी मनसुनी वर्षाका कारण धरैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जुन महिनाको अन्त्यदेखि पाकिस्तानमा भएको मौसमी वर्षाले ७७१ जनाको ज्यान लिएको आधिकारिक तथ्याङ्कले देखाएको छ । 

ताजा खबर

सम्बन्धित खबर