२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता

shivam cement
मध्यान्ह
२०८२ भदौ ८ गते ०९:३०
मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता

बागमती : मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु. ३२ करोड २२ लाख फिर्ता गरेको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो । आव २०८१/८२ मा सशर्त अनुदानतर्फ रु. दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ रु. एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ रु. पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ रु. तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर रु. ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए । 

विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए । 

त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको रु. ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताए। बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा रु. ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि रु. ११ अर्ब ४७ करोड मात्र खर्च गर्न सकेकाले रु. ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise