काठमाडौं : रमेश कर्प समूहअन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेस गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रमअन्तर्गत ‘गुगल वर्कस्पेस सेल पार्टनर’मा सामेल भएको छ । कम्पनीले नेपालमा गुगल वर्कस्पेस लाइसेन्सलाई सहज, छिटो र स्थानीय भुक्तानीसहित उपलब्ध गराउने औपचारिक जिम्मेवारी पाएको हो ।
टेली डिजिटलले हालसम्म ५० भन्दा बढी व्यवसायलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जिमेल–आधारित समाधानमार्फत एकीकृत सहकार्य टुल्स उपलब्ध गराउँदै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन सहयोग गर्दै आएको छ ।
गुगल वर्कस्पेसअन्तर्गतका इमेल, डकुमेन्ट, सिट्स, ड्राइभ र मिटजस्ता सुविधा एउटै सब्स्क्रिप्सनमा पाइने भएकाले नेपाली व्यवसायका लागि थप सहज हुने कम्पनीले जनाएको छ । साथै तत्काल लाइसेन्स डेलिभरी, स्थानीय भुक्तानीको सुविधा, प्रत्यक्ष सपोर्ट र पूर्ण अनबोर्डिङ सहयोगसमेत उपलब्ध गराइनेछ ।