२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते १४:०६
भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

xकाठमाडौंः भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा चलिरहेको मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षासम्बन्धी घटनाहरूमा कम्तीमा ३०३ जनाको मृत्यु भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिइएको छ।

जुन २० देखि हालसम्म वर्षासम्बन्धी घटनाहरूमा १५५ जनाको मृत्यु भएको छ भने भारी वर्षाका कारण सडक दुर्घटनामा १४८ जनाले ज्यान गुमाएको प्रधिकरणले बताएको छ ।

पछिल्लो दुई महिनामा मनसुनले हिमाचल प्रदेशमा धेरै विनाश गरेको छ। मण्डी र कांग्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार कुल क्षति करिब २७.४३ अर्ब भारतीय रूपैयाँ (लगभग ३१४ मिलियन अमेरिकी डलर) भएको अनुमान छ, जसमा सार्वजनिक पूर्वाधार र कृषिमा भएको ठूलो नोक्सानी गरेको प्रारम्भिक अध्ययनले देखाएको छ। 

प्राधिकरणले जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र मनसुनको अवस्था कायम रहँदासम्म आधिकारिक सूचनाहरूको जानकारी लिइरहन सुझाव दिएको छ।  

ADV

सम्बन्धित खबर

Advertise