२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

यमुनामाई-२ का वडाध्यक्ष यादवको आमरण अनशनमा एमालेको ऐक्यबद्धता

Nada
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ९ गते १७:५०
Shares
यमुनामाई-२ का वडाध्यक्ष यादवको आमरण अनशनमा एमालेको ऐक्यबद्धता

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका–२ का वडाअध्यक्ष सीताराम यादवले विभिन्न १३ बुँदे मागसहित थालेको आमरण अनशन छैटौं दिनमा प्रवेश गरेको छ ।

ncell

नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ता सोमबार अनशन स्थल पुगेर यादवको मागप्रति ऐक्यबद्धता जनाएका छन् । गुप्ताले तत्काल माग सम्बोधन गर्न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराउँदै यादवको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चेतावनी दिएका छन् ।

अनशनलाई समर्थन गर्दै स्थानीयले गौर–चन्द्रनिगाहपुर सडक अबरुद्ध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले ‘गाउँपालिका प्रशासन उदासीन भएको’ भन्दै कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रञ्जित रामले आन्दोलनकारीको माग जायज भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने बताए ।

यसअघि गाउँसभाको पूर्वसन्ध्यामा नै वडाअध्यक्ष यादवको नेतृत्वमा करिब २१ जना जनप्रतिनिधिहरूले कार्यपालिका भवन अगाडि धर्ना तथा प्रदर्शन गरेका थिए । आन्दोलनकारीहरूले गाउँपालिका अध्यक्ष शेख इर्साद प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर अनियमितता गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

अनशनरत पक्षले आ.व. २०७९/८० देखि २०८१/८२ सम्मको गाउँसभाको निर्णय, कार्यपालिका बैठकका मिनेट, बजेट तथा लेखापरीक्षण प्रतिवेदन, कर्मचारी नियुक्तिका अभिलेख, अनलाइन टेन्डर प्रणालीको कार्यान्वयन, प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा, गाउँपालिका स्तरमै अस्पताल स्थापना, घरबत्ती विद्युत् महसुल छुट लगायतका १३ बुँदे माग अघि सारेका छन् ।

ताजा खबर

सम्बन्धित खबर