
काठमाडौँ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि इजरायलका राजदुत स्मुलिक एरी बासबीच भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबारस्थित सभापति अन्सारीको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल-इजरायल द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको छ ।
भेटका क्रममा दुवै पक्षबीच दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा कुराकानी भएको जनाइएको छ ।