
दुबई, यूएई : नेपाली नागरिक लोकेन्द्र जैसी विगत तीन महिनादेखि परिवार तथा आफन्तको सम्पर्कबाहिर रहेका छन् । लामो समयसम्म सम्पर्क हुन नसकेपछि परिवारले उनको अवस्था पत्ता लगाउन यूएईमा रहेका नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ ।
पासपोर्टमा उल्लेखित विवरणअनुसार लोकेन्द्र जैसीको जन्मस्थान सुर्खेत, नेपाल हो । परिवारका अनुसार विगत तीन महिनादेखि उनीसँग सम्पर्क हुन नसक्दा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । लामो समयसम्म कुनै खबर नआएपछि परिवार चिन्तित बनेको छ ।
परिवारले यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, नेपाली सामाजिक संघसंस्था, नेपाली राजदूतावास र सञ्चारमाध्यमलाई लोकेन्द्र जैसीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।
लोकेन्द्र जैसीलाई कहीं कतै देखेमा वा कुनै जानकारी प्राप्त भएमा नजिकको नेपाली सामाजिक संघसंस्था, नेपाली राजदूतावास वा सञ्चारमाध्यममार्फत जानकारी गराइदिन परिवारले आग्रह गरेको छ । साथै, उनको खोजीमा सहयोग पुग्ने उद्देश्यले उक्त समाचारलाई सामाजिक सञ्जालमार्फत व्यापक रूपमा शेयर गरिदिनसमेत सबैमा अनुरोध गरिएको छ ।