काठमाडौं : नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । हिन्दूहरूको महान् चाड दसैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि कम्पनीले सो आकर्षक योजना ल्याएको हो ।
‘यो दसैं वेस्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको सो योजना भदौ ७ देखि कार्तिक १४ सम्म नेपालभरका सबै होन्डा सोरुममा लागू हुने कम्पनीले जनाएको छ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नुरहेको छ होन्डाको नेपालको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीले ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको जनाएको छ । यसका साथै, ग्राहकहरूले पाँच वर्षका लागि निःशुल्क सर्भिसिङ, एक वर्षको निःशुल्क पूर्ण इन्स्योरेन्स र एक वर्षका लागि सडक करमा छुटजस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि पनि २५ हजारबराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।