काठमाडौं : स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागसिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन–५’ सार्वजनिक गरेको छ । स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्ममा आधारित उत्कृष्ट परफर्मेन्स अनुभव दिने मोबाइल कम्पनीले सार्वजनिक गरेको हो ।
केवल ८.९३ मिमि पातलो र २२९ ग्राम तौल भएको ओप्पो फाइन्ड एन–५ विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल मोबाइल भएको कम्पनीको दाबी छ । यसमा ८.१२ इन्चको इनर डिस्प्ले र ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री रहेको छ ।
साथै, यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ ।