२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

मोबाइलको एकीकृत सेवा ‘मेरो फोन’बाट

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते २१:०९
मोबाइलको एकीकृत सेवा ‘मेरो फोन’बाट

काठमाडौं : मोबाइलको एकीकृत सेवा दिने उदेश्यले काठमाडौं सरस्वतीनगर कपनमा करिब १ करोड रुपैयाँको लगानीमा ‘मेरो फोन’ नामक मोबाइल पसल स्थापना गरिएको छ । 

मंगलबारबाट सञ्चालनमा ल्याइएको पसलबाट विभिन्न मोडलका मोबाइल फोन खरिद गर्न तथा मोबाइलमा आउने सबैखाले समस्या समाधानको सेवा दिइने सन्चालक नवीन न्यौपानेले जानकारी दिए । उनका अनुसार सामसुङ, एप्पल, ओप्पो, भिभो लगायतका अन्तरास्ट्रिय ब्रान्डका स्मार्टफोन, मोबाइलका सामान, मर्मत सेवा प्राप्त गर्न सकिनेछ ।

उनका अनुसार मोबाइल बीमाको सुविधासमेत प्राप्त गर्न सकिने मेरो फोनबाट किस्ताबन्दीमा मोबाइल खरिद गर्न पनि सकिनेछ । ‘काठमाडौंवासीलाई गुणस्तरीय सेवा दिन तथा नयाँ प्रविधिको सहज पहुँच सुनिश्चित गर्न मेरो फोन सुरु गरिएको हो,’ न्यौपानेले भने ।  

उद्घाटनको अवसरमा विशेष छुट तथा आकर्षक अफरहरू पनि सार्वजनिक गरिएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise