काठमाडौं : नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा नेपालले साविक विजेता माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालका लागि मनिष डाँगीले ८६औँ मिनेटमा निर्णायक गोल गरे । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन् ।
जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदला समेत लिएको छ । ढाकामा भएको संस्करणको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । यस्तै नेपालले पहिलो पल्ट साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराएको हो ।
अब नेपालले दोस्रो खेलमा सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो खेल असोज २४ गते भारतसँग र लिग चरणको अन्तिम खेल असोज २७ गते बंगलादेशसँग हुनेछ । यस संस्करणको साफ च्याम्पियनसिपमा माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies