२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

लोकेश बमको अर्धशतकमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

Nada
२०८३ कार्तिक १२ गते १८:५१
Shares
लोकेश बमको अर्धशतकमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।

विराटनगरका लागि ओपनर लोकेश बमले अर्धशतकीय इनिङ खेले । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौकाको सहयोगमा ८७ रन बनाए । एन्जेलो म्याथ्युजले २३ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रनको योगदान दिए । बसिर अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १३ रन बनाए ।

कर्णालीका लागि कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । नन्दन यादव र मार्क वाटले समान १-१ विकेट लिए ।

ताजा खबर

सम्बन्धित खबर