२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

अर्थमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ १२ गते १६:२६
अर्थमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

रौतहट : मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । अर्थमन्त्री जितेन्द्र यादवको राजीनामा मागलाई मुख्य एजेन्डा बनाउँदै प्रतिपक्षी दलहरूले बिहीबार सदन अवरुद्ध गरेका हुन् ।

सरकारले असंवैधानिक रूपमा बजेट पारित गरेको र अर्थमन्त्रीले गैरसंसदीय व्यवहार देखाएको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले राजीनामा नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका थिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गर्दै शुक्रबार दिउँसो १ बजे पुनः बस्ने जानकारी गराएका छन् ।

बैठक सुरु भएलगत्तै जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको दाबी गर्दै अर्थमन्त्रीले जिम्मेवारी स्वीकार गरेर राजीनामा दिनुपर्ने जिकिर गरे । उनका अनुसार सरकारले सुरुवातमा ४६१ पृष्ठको बजेट प्रस्तुत गरे पनि पछि २६१ पृष्ठ थप गरिएको छ, जुन प्रतिपक्षको बहिष्कारबीच ल्याइएकाले स्वीकार्य नभएको उनले बताए ।

जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपाका सांसदहरूले सदन अवरुद्ध गरेका हुन् । बैठक बस्नुअघि सभामुखले दलहरूसँग छलफलका लागि आह्वान गरेका बैठकलाई समेत प्रतिपक्षले बहिष्कार गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise