काठमाडौं : वरिष्ठ वैदेशिक राेजगार व्यवसायी तथा गायक टिका सिवाकोटी 'आदर्श'ले दशैं तिहार विशेष गीति एल्बम ‘सलल झलल’ बजारमा ल्याएका छन् । शान्तिश्री परियार, गायक तिलक बस्नेत तथा संगिता सिवाकोटीको साथमा ल्याइएको दशैं तिहार विशेष गीतमा शब्द र संगीत तिलक बस्नेत, स्वर टिका सिवाकोटी, शान्तिश्री परियार, तिलक बस्नेत र संगिता सिवाकोटीको रहेको छ ।
संगिता सिवाकोटीकाे अफिसियल युट्युब च्यानलबाट बजारमा आएको म्युजिक भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका छन् । कलाकार हरिश निरौला र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको म्युजिक भिडियोमा टिका सिवाकोटी, लक्ष्मी गिरी, विष्णु रिजाल, कृष्ण सिवाकोटी, सृजना अधिकारी, तिलक बस्नेत, संगिता सिवाकोटी लगायतको पनि अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियो टेकेन्द्र शाहले सम्पादन, अर्जुन तिवारीले छायांकन, रमेश सेन्चुरीले एरेन्ज र विमल चिनालले रेकर्ड गरेका छन् ।
पेशा व्यवसाय र राेजगारीका कारणले परदेश गएको परिवारको सदस्य चाडपर्वकाे खुसीयालीमा घर नफर्किंदा उत्पन्न हुने न्यास्रोलाई गीतमा कलात्मक शैलीले मर्मस्पर्शी रूपमा जीवन्त तरिकाले पस्किइएकाे छ भने परदेश गएको परिवारको सदस्य घर फर्केको अवस्थामा ल्याउने उमंग र खुसीयालीलाई पनि उत्तिकै जीवन्तताका साथ समेटिएको छ । तिहारका अवसर खेलिने देउसी भैलाेका माैलिक र परम्परागत गीतले म्युजिक भिडियोलाई थप जीवन्त बनाएको छ ।
व्यवसायी सिवाकोटीले व्यापारिक उद्देश्यले नभई माैलिक नेपाली भाषा संस्कृतिको संवर्द्धन र प्रवर्द्धनका लागि म्युजिक भिडियो निकालिएको मध्यान्हलाई बताए । वैदेशिक राेजगार व्यवसायकाे उतार चढावकाबीच समय पाउनासाथ सांस्कृतिक उन्नयनका लागि आफु समर्पित रहने सिवाकोटीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies