इमरान खान / मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन् । तौलिहवा-गोरुसिंगे सडकखण्ड अन्तर्गत तिलौराकोट साझेदारी वनको कार्यालयभन्दा केही पर मोटरसाइकलमा आएका २ जनाले कारमा सवार एक जनामाथि गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन् ।
बिहीबार दिउँसो ३ बजेतिर प्र- ३- ०१- २३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउँपालिका-४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी लुटेराहरु भागेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies