२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

उखु किसानले पाउन थाले अनुदान रकम

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते २१:१७
उखु किसानले पाउन थाले अनुदान रकम

काठमाडौं : सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने अनुदानबापतको करिब ७५ करोड रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब २ करोड १६ लाख क्विन्टल उखुबराबरको सो रकम किसानलाई पठाइएको हो ।

किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ र सरकारले ३० रुपैयाँ अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको उनले बताए ।

मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए । सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल ७० रुपैयाँका दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ कटौती गरेको थियो । सरकारले मन्त्रिपरिषद् बैठकबाट यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो ।

किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रोत्साहन रकम कटौती नगर्न माग गर्दै आएका थिए । सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यावसायिक उखुखेती हुने गर्दछ । सरकारले किसानहरूलाई प्रोत्साहित गरी उखु उत्पादन वृद्धि गर्न अनुदान रकमको व्यवस्था गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise