२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

सिजीको चाडपर्व विशेष योजना : ‘लेबल अप विथ सिजी’ सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते २१:२४
सिजीको चाडपर्व विशेष योजना : ‘लेबल अप विथ सिजी’ सार्वजनिक

काठमाडौं : सिजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजन ‘लेबल अप विथ सिजी’ सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड दसैं, तिहार र छठपर्वको अवसरमा सिजी इलेक्ट्रोनिक्सले यस्तो योजना सार्वजनिक गरेको हो ।

अभियानअन्तर्गत ग्राहकले अत्याधुनिक सिजी तथा सिजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनमा १ लाख ८१ हजार ९ सयसम्मको आकर्षक क्यासब्याक, विशेष उपहार तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अफरहरूमा माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक र टप लोड वासिङ मेसिन खरिदमा एरियल ३ केजी निःशुल्क, फ्रन्ट लोड वासिङ मेसिन खरिदमा एरियल ६ केजी निःशुल्क डिस्वासर खरिदमा निःशुल्क डिस्वासर वासिङ ट्याब्लेट र एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सेवा प्राप्त गर्न सकिने सिजीले जनाएको छ । 

४३ इन्चभन्दा माथिका सिजी र सिजी मेरिडिया टिभीको खरिदमा नौ महिनाको नेट टभी सब्सक्रिप्सन निःशुल्क, सिजी एक्स(एलेक्समा पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा र सजिलै शून्य प्रतिशत इएमआई सुविधाजस्ता व्यवस्था ल्याएको हो । 

दसैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुसी र समृद्धिको पहिचानका रूपमा भावनालाई आत्मसात् गर्दै ‘लेबल अप विथ सिजी’ अभियान सुरु गरिएको हो । 

यो अफर भदौ १८ गतेदेखि नेपालभरिका सबै सिजी सोरुम तथा डिलरमा सुरु भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise