२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

shivam cement
२०८२ भदौ २० गते १३:०९
Shares
श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाडौंः श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब ३०० मिटर तल झरी  दुर्घटना ग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

राजधानीबाट करिब १३० किलोमिटर पूर्वमा रहेको पहाडी एला क्षेत्रमा बिहीबार राति  बस दुर्घटना हुदाँ बसमा रहेका अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।  

पहाडमा छुट्टी मनाएर घर फर्किरहेको समयमा बस अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।  

 यस अघि मे महिनामा कोटमालमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । टापुका घुमाउरो सडकहरूका कारण श्रीलङ्कामा हरेक वर्ष औसत तीन हजार सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ ।  

ताजा खबर

सम्बन्धित खबर