२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

दुई वटा सामाजिक सञ्जाल मात्र आयो सरकारको सम्पर्कमा, मेटा अझै सम्पर्कमा आएन

shivam cement
मध्यान्ह
२०८२ भदौ २० गते १७:११
दुई वटा सामाजिक सञ्जाल मात्र आयो सरकारको सम्पर्कमा, मेटा अझै सम्पर्कमा आएन

काठमाडौं : सरकारले बन्द गरेका २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल मात्र हालसम्म सरकारको सम्पर्कमा आएका छन् ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेको थियो ।

त्यसमध्ये दुई वटा समाजिक सञ्जालमा मात्र सरकारको सम्पर्कमा आएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मध्यान्हलाई जानकारी दिए ।

प्रवक्ता ठाकुरका अनुसार बिहीबार नै हाम्रो पात्रोले दर्ताका लागि निवेदन दिइसकेको छ भने शुक्रबार एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण माग गरेको छ ।

शुक्रबार एक्सले सञ्चार मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग गर्दै मेल पठाएको प्रवक्ता ठाकुरले जानकारी दिए । यसबाहेकका अन्य सामाजिक सञ्जाल सरकारको सम्पर्कमा नआएको उनले बताए ।

भाइबर, वि–टक, टिकटक, निम्बज र पोपोलाइभ दर्ता भइसकेका छन् । सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये मेटाअन्तर्गतको फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स, युट्युब, लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आएका छैनन् । 

ADV

सम्बन्धित खबर

Advertise