२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

आजदेखि नेपाल-चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै

shivam cement
२०८२ भदौ २२ गते १०:१७
Shares
आजदेखि नेपाल-चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै

काठमाडौँ : नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौँ संस्करण हो ।

यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौँमा हुने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यस पटकको सैन्य अभ्यासको क्रममा विपद् व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिए ।

नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रो पटक हो । नेपालमा २०७४ साल वैशाखमा पहिलो पटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो ।

नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरूसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

सम्बन्धित खबर