२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

असोज १ गते शोक बिदा दिने सरकारको निर्णय, जेनजी स्मारक पार्क बनाइने

shivam cement
२०८२ भदौ ३० गते १९:१८
Shares
असोज १ गते शोक बिदा दिने सरकारको निर्णय, जेनजी स्मारक पार्क बनाइने

काठमाडौं : सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेको हो ।

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ ।

जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित खबर